२०८३, बैशाख २६ गते

May 09 2026 | २०८३, बैशाख २६ गते

चुरोट खरीद गर्ने क्रममा विवाद हुँदा महिलाको हत्या, १६ वर्षीय किशोर पक्राउ

मंगलवार , चैत्र १०, २०८२

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, १० चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिका–१ शिसै बस्ने ६० वर्षीय रेनु पटवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले १६ वर्षिय किशोरलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार चुरोट खरीद गर्ने क्रममा वादविवाद हुँदा सोही पसलमा भएको कैंचीले रेनुको अनुहार, टाउको, घाँटीलगायत विभिन्न भागमा विभत्स तरिकाले प्रहार गरी कर्तव्य गरी मारेर किशोर कैंची घटनास्थलमा नै छाडी फरार भएका थिए ।

    चैत ३ गते बिहान करिब ७ बजे रेनलाई आफ्नै पसलमा अनुहार, टाउको, हात र घाँटीलगायत शरीरको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी विभत्स तरिकाले हत्या गरिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट प्रहरी निरीक्षक प्रलाद के.सी.को कमाण्डको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    डीएसपी चन्दका अनुसार घटनास्थल लासजाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धानमा तत्काल प्रतिवादी खुल्न सकेको अवस्था थिएन । निरन्तर थप अनुसन्धान तथा सोधपुछ गर्दै जाँदा मृतक रेनु पटवारलाई चैत २ गते राती अन्दाजी ११ बजे १६ वर्षिय किशोरले चुरोट खरीद गर्ने क्रममा वादविवाद हुँदा महिलाको हत्या गरी फरार भएको खुलेको छ ।

    फरार भएका किशोरलाई चैत ७ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । चैत ७ गतेबाट लागु हुने गरी रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट फलामको कैंची १ थान र मोबाईल ३ थान बरामद भएको छ ।