२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

रुपन्देहीमा बेमौसमी वर्षाले काँचो ईट्टा नष्ट : बीमा गर्न माग

मंगलवार , चैत्र १०, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, १० चैत । बैमौसमी वर्षाले रुपन्देहीमा ठूलो परिणाममा काँचो ईट्टामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हावाहुरीसहितको वर्षाका कारण पानीले भिजेर काँचो ईट्टा नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका महासचिव बाबुराम पाठकले बताउनुभयो ।

    उहाँका अनुसार जिल्लामा हाल ३० वटा ईट्टा उद्योग सञ्चालनमा छन् । ‘पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल) मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, वर्षाका कारण करोडौं ईट्टामा क्षतिमा पुग्दा अझै मर्कामा परेका छौं, ’उहाँले भन्नुभयो । हरेक वर्ष बेमौसमी वर्षाका कारण ईट्टामा क्षति पुग्दा उद्योगी–व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको पाठकको भनाइ छ । दशैंपछि ईट्टा उत्पादन सुरु हुने गरेको महासचिव पाठकको बताउनुभयो ।

    Itta nasta (5).jpeg

    संघका निवर्तमान अध्यक्ष, आर.एन ब्रीक्सका सञ्चालक तथा नेपाल ईट्टा उद्योग महासंघका सह–कोषाध्यक्ष अजय कुमार गुप्ताले रुपन्देहीमा करिब ३ करोड बढी काँचो ईट्टा नष्ट भएको बताउनुभयो । उहाँले पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो ईट्टा वर्षाले नष्ट भएको जानकारी दिनुभयो । काँचो ईट्टाको बीमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी वर्षेनी मर्कामा पर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो ईट्टाको बीमा गर्ने नीति ल्याउनुपर्ने उहाँको माग छ । एउटा काँचो ईट्टाको मूल्य ७ रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो ।