२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

रुपन्देहीमा थप ७ सय ४५ जनामा कोराना भाईरस संक्रमण पुष्टि

बिहिवार , बैशाख २३, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • २३, वैशाख, भैरहवा । 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ७ सय ४५ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।

    कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप ९ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८९ जना पुगेको छ।
    त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १६ हजार ९८ पुगेको छ। हालसम्म

    रुपन्देहीमा २ सय ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा १० हजार ३ सय ६७ संक्रमित निको भएका छन्। 

    कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३ सय २८, तिलोत्तमा नगरपालिकामा १ सय ५०, सिद्धार्थनगर नगरपालिकामा ९७, सैनामैना नगरपालिकामा ५६, देवदह नगरपालिकामा ३१ जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै ओमसतिया गाउँपालिकामा २३, शुद्धोधन गाउँपालिकामा १८, सियारी गाउँपालिकामा १३, मायादेवी गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

    यस्तै कञ्चन गाउँपालिकामा ७, रोहिणी र गैडहवा गाउँपालिकामा ४/४, लुम्बिनी सांस्कृतीक नगरपालिकामा र मर्चवारी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन्।