सोमवार , चैत्र ९, २०८२
काठमाडौं, ९ चैत । सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ । आइतबार गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदको सपथग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो ।
बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij