आइतवार , चैत्र ८, २०८२
भैरहवा, ८ चैत । ओशो सम्बन्धी दिवसको अवसरमा रुपन्देहीको भैरहवामा ध्यान शिविर गरिएको छ । ओशो ध्यान केन्द्र भैरहवाको आयोजनामा ध्यान शिविर गरिएको हो । शिविरमा ४० जनाले सहभागीता जनाएका थिए ।
शिविरमा स्वामी विजय शर्माले ध्यान गराउनुभएको थियो । नागरिकमा ध्यान सम्बन्धी ज्ञान विस्तार गर्ने योजनाअनुसार दैनिक रुपमा ध्यान शिबिर सञ्चालन गर्दै आएको ओशो ध्यान केन्द्र भैरहवाको सञ्चालक सुनैना गिरीले जानकारी दिनुभयो ।
उहाँले बिहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म सक्रिय ध्यान र बेलुका ५ बजेदेखि ६ बजेसम्म कुन्डलिनि ध्यान तथा शनिबार ध्यान सत्संग हुने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij