आइतवार , चैत्र ८, २०८२
काठमाडौं, ८ चैत । बालीका मानिसहरूले इण्डोनेसियाको बादुङ रिजेन्सीको केडोङ्गनन गाउँमा मेबुग–बुगन नामको परम्परागत हिलो स्नान उत्सव मनाएका छन् ।
इण्डोनेसियाको पर्यटकीय टापु बालीमा हिन्दु धर्मावलम्वीहरूले आफ्नो नयाँ वर्षको अवसरमा विशेष परम्पराहरू पालना गर्ने गर्दछन् । यसै क्रममा न्येपी अर्थात मौन दिवसको भोलिपल्ट मेबुग–बुगन पर्व मनाइन्छ ।
मेबुग–बुगनको मुख्य उद्देश्य मानिसभित्र रहेका खराब गुण र नकारात्मकतालाई हटाएर शुद्धीकरण गर्नु हो । स्थानीय बासिन्दाहरू शरीरभरि हिलो दलेर एक–अर्कासँग रमाइलो गर्छन् ।
जसले गर्दा उनीहरूको मन र शरीर दुवै शुद्ध हुने विश्वास गरिन्छ । बालीको क्यालेण्डरअनुसार न्येपी दिवस एक पवित्र दिन हो जसले हिन्दु नयाँ वर्षको शुरुवात गर्दछ ।
यस दिन बालीभरि पूर्ण मौनता कायम गरिन्छ र कुनै पनि काम वा मनोरञ्जन गरिँदैन। त्यसको लगत्तै मनाइने यो हिलो स्नान पर्वले नयाँ वर्षको उत्साह र उमङ्ग थप्ने काम गर्दछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
