२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

सानेपामा काँग्रेस केन्द्रिय कार्य समिति बैठक शुरु

आइतवार , चैत्र ८, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • काठमाडौं, ८ चैत । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । 

    बैठक हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि बोलाइएको हो । नेपाली काँग्रेसले चुनावमा अप्रत्यासित पराजय व्यहोरेको थियो ।

    बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा प्रश्तावमाथि छलफल हुनेछ । निर्वाचन परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण गर्नुका साथै पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र आन्तरिक एकता कायम राख्ने विषयबारे छलफल हुनेछ ।