२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रुपन्देहीमा थप ५ सय ८७ जनामा कोराना भाईरस संक्रमण पुष्टि

बुधवार , बैशाख २२, २०७८

२२, वैशाख, भैरहवा । 

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५ सय ८७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।

कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप १३ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ जना पुगेको छ।

त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १५ हजार ३ सय ५३ पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा १० हजार १ सय ६५ संक्रमित निको भएका छन्। 

कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ५५, तिलोत्तमा नगरपालिकामा १ सय ३६, सिद्धार्थनगर नगरपालिकामा ६७, सैनामैना नगरपालिकामा ४३, देवदह नगरपालिकामा ३६ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै कञ्चन र शुद्धोधन गाउँपालिकामा १२/१२ जना, ओमसतियामा गाउँपालिकामा ७, रोहिणी र सियारीमा गाउँपालिकामा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

यस्तै  मायादेवी र गैडहवा गाउँपालिकामा  ३/३ , लुम्बिनी सांस्कृतीक नगरपालिकामा २ र कोटहिमाई गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन्।