२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रक्तदान कार्यक्रम सम्पन्न

आइतवार , चैत्र १, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ३० फागुन । नेपाल रेडक्रस सोसाइटी पडसरी उपशाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाका सभापति बाबुराम पौडेलको अध्यक्षता एवं कार्यक्रम संयोजक फतुराम भण्डारीको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रस जिल्ला शाखा रुपन्देहीका सभापती रामचन्द्र उपाध्यायले उद्घाटन गर्नुहुँदै रक्तदान जीवनको अति महत्वपूर्ण कार्य रक्तदान भएको बताउनुभयो । उहाँले रक्तदान गरेर सहयोग गर्न नसक्नेले आर्थिक सहयोग गरेर पनि टेवा पुग्ने बताउनुभयो  ।

    कार्यक्रममा सचेतना आमा समूहका अध्यक्ष सीता न्यौपाने, शुभकामना सहकारीका अध्यक्ष रामु काफ्ले, पडसरी युथ क्लबका अध्यक्ष सुरज मिश्रा लगायतले रक्तदानको महत्वका बारेमा बोल्नुभएको थियो ।

    रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग तथा ओमसतिया गाउपालिका एवं वडा नम्बर २ को सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ४२ युनिट रक्त संकलन भएको थियो ।