आइतवार , चैत्र १, २०८२
काठमाडौं, १ चैत । नेपाली काँग्रेको केन्द्रिय कार्यसमितिको बैठक शुरु भएको छ ।
पार्टीको तर्फबाट समानुपातिक सांसदहरु तय गर्ने पार्टी कार्यलय सानेपमा बैठक शुरु भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको २० जना सांसद छान्ने निर्णय गर्ने जनाइएको छ ।
काँग्रेसले प्रतिनिधिसभासदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट र समानुपातिक तर्फबाट २० सिट प्राप्त गरेको छ । समानुपातिकको २० सिटमा सांसद छान्नको लागी बैठक बसेको हो । वैठकमा प्रतिनिधि सभा निर्वाचन र केन्द्रिय समितिको बैठक बोलाउने लगायतका बारेमा छलफल हुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij