बुधवार , फाल्गुण २०, २०८२
भैरहवा, २० फागुन । रुपन्देहीका विभिन्न ठाउँबाट निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको आरोपमा २० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आचारसंहिताविरुद्ध मदिराजन्य पदार्थ विक्रीवितरण तथा सेवन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर नगरपालिकाको बुद्धचोकस्थित एक रेष्टुरेण्टका सञ्चालकसहित ९ जनालाई पक्राउ गरेको छ ।
त्यस्तै मायादेवी गाउँपालिकाको गोनाहा चोकस्थित मदिरा पसलबाट म्बmष् र इश्क नाम लेखेको मदिरा ११० बोतल मदिरा नियन्त्रणमा लिएको छ ।
त्यसै गरी शुद्धोधन गाउँपालिका वडा नम्बर ७ भगलापुर र वडा नम्बर ३ सियाभारबाट रेष्टुरेण्टका सञ्चालक २ जनासहित ११ जनालाई निर्वाचन आचारसंहिताविपरीत मदिरा विक्रीवितरण तथा सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत गर्ने व्यक्तिहरुलाई निरन्तर निगरानी भइरहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij