२०८२, मंसिर ७ गते

Nov 23 2025 | २०८२, मंसिर ७ गते

रुपन्देहीमा थप ७ सय ९७ जनामा कोराना भाईरस संक्रमण पुष्टि

मंगलवार , बैशाख २१, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • २१, वैशाख, भैरहवा । 

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ७ सय ९७ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।

    कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप ४ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ जना पुगेको छ।

    त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ८ सय ७० संक्रमित निको भएका छन्। 

    कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३ सय ३२, तिलोत्तमा नगरपालिकामा १ सय ५८, सिद्धार्थनगर नगरपालिकामा १ सय ८, शुद्धोधन गाउँपालिकामा ५७, देवदह नगरपालिकामा ४२, सैनामैना नगरपालिकामा ३५ जना कोरोना संक्रमित थपिएका छन्।

    यस्तै ओमसतिया गाउँपालिकामा २२ जना, रोहिणीमा गाउँपालिकामा १९, सियारी गाउँपालिकामा ८, कञ्चनमा गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

    यस्तै  मायादेवी गाउँपालिकामा ५, गैडहवा गाउँपालिकामा ३, लुम्बिनी सांस्कृतीक नगरपालिका र मर्चवारी गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन्।