आइतवार , फाल्गुण १७, २०८२
काठमाडौं, १७ फागुन । निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिनुभएको हो ।
उहाँले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा ाम्रो समन्वय रहेको बताउनु भयो । साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । प्रेस काउन्सिलले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या प¥यो भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ’
पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उहाँको विश्वास छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij