२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

अशक्त, असहाय र अपांगता भएकाहरुको पक्षमा बोल्छु : हिरा खत्री

शनिवार , फाल्गुण १६, २०८२

  • 280
    Shares
  • 280
    Shares
  • बुटवल, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार हिरा बहादुर खत्रीले अपांगता भएका व्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभएको छ । 

    उहाँले मुलुकमा ठुलो संख्यामा रहेका अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सही तरिकाले सम्बोधन गर्न नसक्दा उनीहरुमा निराशा मात्र बढेकाले अपांगता भएकाहरुको अधिकारका लागि आफूले योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभयो । 

    रुपन्देही क्षेत्र नम्बर १ को देवदह नगरपालिकाको वडा नम्बर ५ र ६ नम्बरका विभिन्न स्थानमा घरदैलो तथा सुझाव संकलनका क्रममा उहाँले अपांगता भएकाहरुका विषयमा ठुला कुरा गरेतापनि उनीहरुको सहजताका लागि अपांगमैत्री संरचना नहुँदा उनीहरुले धेरै नै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । उहाँले मुलुकका सबै तह र स्थानमा अपांगता भएकाहरुको पनि समान हक, अधिकार हुने उल्लेख गर्दै उनीहरुको समावेशीता र अधिकारका लागि सदनमा बहसको विषय बनाउने समेत बोल्नुभयो । 

    मुलुकमा बनेका सडक, बाटोघाटो, स्कूल, अस्पताल, शौचालय, सरकारी तथा निजी सामाजिक कार्यालयहरुका अपांगमैत्री हुन नसक्दा सेवा लिन पुगेको अशक्त, असहाय र अपांगता भएकाहरुले धेरै नै दुःख पाउने गरेको गुनासो गर्दै उहाँले अपांगमैत्री संरचना र वातावरण निर्माणको विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो । 

    उहाँले आफ्नो क्षेत्रमा अपांगता भएका, अशक्त, असहाय सबैका लागि समान सहभागिताको अधिकार स्थापित गराउन नीतिगत रुपमै काम गर्ने बताउनुभयो । देवदह नगरपालिकाका विभिन्न क्षेत्रमा भएका घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सचिव हरि प्रसाद काफ्ले, सह–सचिव बासुदेव रिमाल, नगर सभापति गुनाखर भुर्तेल, पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, क्षेत्रीय सचिव विजय गुरुङ, महासमिति सदस्य सरिता चौधरीलगायतको सहभागीता रहेको र उहाँहरुले बदलिएको कांग्रेसले देश पनि बदल्ने बताउँदै यो पटक बदलिएको कांग्रेसलाई मतदान गर्न आग्रह गर्नु भएको प्रचारप्रसार समिति सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।