२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

‘शीत भण्डारदेखि घरघरमा शुद्ध खानेपानीको धारासम्म छन् प्रमोद यादवका योजना

शनिवार , फाल्गुण १६, २०८२

  • 901
    Shares
  • 901
    Shares
  • भैरहवा, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहनुभएका प्रमोद कुुमार यादवको योजनाहरु नीति निर्माणदेखि विकास निर्माणसम्मका रहेका छन् । उहाँले मर्चवारको क्षेत्रलाई कृषि उर्बर क्षेत्रको रुपमा घोषणा गर्दै सिंचाई, कृषि उपजको विक्री केन्द्र निर्माणदेखि तरेनीमा भन्सार नाका सञ्चालनसम्मका नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    त्यसै गरी निर्वाचित भइसकेपछि मर्चवारका जनताको लागि घरघरमा शुुद्ध खानेपानीको धारा निर्माण गर्ने पनि घोषणा गर्नुभएको छ । यसअघि २०७४ मा निर्वाचित भएको समयमा मर्चवारलाई खपडामुुक्त बनाएको र अब शुुद्ध खानेपानीको विस्तारलाई जोड दिनुभएको छ ।

    घरदैलोमा भेटिएका यादवले भन्नुभयो–‘मैले संसदमा रुपन्देहीको ग्रामीण क्षेत्रको समस्या, किसानको समस्या, स्वास्थ्य समस्या, बाटोघाटो, बिजुली र शिक्षा जस्तो विषयमा सरकारको ध्यानाकर्षण गराएको यहाँहरुलाई जानकारी नै छ । मैले सांसद भएसँगै तीनै तहका सरकारको समन्वयमा मर्चवारको भौतिक विकास र सामाजिक विकासमा विशेष योजनाका साथ काम पनि गरे । सडकको स्तरोन्नतिदेखि लिएर गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच बिस्तार, मर्चवारका जनताको जीवनस्तर उकास्न विभिन्न सीपमूलक कार्यक्रमदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार जस्ता कार्यक्रम पनि सञ्चालन गरेको हो ।’

    यस्ता छन् प्रमोदका योजनाहरु 

    – सडक स्तोरान्नति, लुम्बिनी–मर्चवारी, मर्चवारी–भैरहवा जोड्ने सडकको स्तरोन्नति
    – मर्चवार लिफ्ट सिंचाईलाई व्यवस्थित गरी मर्चवारका खेतहरुलाई सिंचित गर्ने 
    – मर्चवारीमा रहेको कृषि हाटबजारको व्यवस्थापन गर्ने र किसानहरुको उत्पादन सिधै खरिद गर्ने व्यवस्था मिलाउने 
    – सम्मरीमाईमा निर्माणाधीन शीत भण्डारलाई सम्पन्न गर्ने र सुविधासम्पन्न बिउबिजन केन्द्र सञ्चालन गर्ने 
    –छोटी भन्सार सम्मरीमाईको तरेनी थुुमुवामा खोल्ने 
    –स्वास्थ्यको लागि राम्रो सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने 
    –हरेक पालिकामा १५ शैयाको अस्पताल, 
    –कोेटहीमाईको मझगावामा रहेको डिग्री कलेजलाई व्यवस्थित गर्ने र मर्चवारका कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने 
    –मर्चवार रिंगरोड निर्माण गर्ने, तुनिहवादेखि, बगौली, सेमरा, करौता हँुदै रोहिणीहवा, भगैयासम्म रिंगरोड निर्माण गर्ने । 
    –भैरहवा विमानस्थलदेखि बेथरी छपिया बजार हँुदै बनघुुसरीसम्मको सडकको स्तरोन्नति 
    –छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोेन्नति गर्ने । 
    –सम्मरीमाई चकियाघाटदेखि लुम्बिनी साँस्कृतिक १२ जोड्न दानव नदीमा पक्की पुल निर्माण गर्ने 
    –विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन, डुबान क्षेत्रको पहिचान गरी तटबन्ध गराउने । 
    –कुस्ती खेलको लागि मर्चवारमा स्थायी अन्तर्राष्ट्रिय कुुस्ती स्र्पोर्टस एकेडेमी निर्माण गरी नियमित सञ्चालन गर्ने  
    –शुद्ध खानेपानीको लागि घरघरमा खानेपानीको संस्थानको धारा जडान गर्ने 
    –चोकचोकमा सार्वजनिक शौचालय
    –हरेक गाउँपालिकामा दमकलको व्यवस्थापन गर्ने 
    –तीनवटै पालिकाको पायक पर्ने गरी खेलकुद मैदान निर्माण गर्ने
    –युवाहरुलाई खेलकुदमा जोड्ने गरी फुटबल, भलिबल र क्रिकेट अभ्यासकोलागि विशेष कार्यक्रम सञ्चालन गर्ने 
    –मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई, केवटलिया समईमाईलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी नेपालको पर्यटकीय गन्तब्यहरुको सूचीमा समावेश गर्न पहल गर्ने 
    –मर्चवारमा ग्रामीण पर्यटनको विभिन्न कार्यक्रम बनाई किशोर, युवाहरुलाई सक्रिय बनाउने 
    –जेनजी पुुस्ताको जोस, जेनवाई पुुस्ताको होशलाई साथमा लिएर समृद्ध मर्चवार, खुुसी मर्चवारबासी अभियानलाई सफल बनाउने 
    –मर्चवारलाई अन्न भण्डारको केन्द्रको रुपमा स्थापित गराई संघीय सरकारबाट विशेष कार्यक्रम सञ्चालन गर्ने