२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

जनजाति, मुस्लिम र भूमिपुत्रहरुको समावेशीताका पक्षमा काम गर्नेछु : हिरा खत्री

शनिवार , फाल्गुण १६, २०८२

  • 958
    Shares
  • 958
    Shares
  • देवदह, १६ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सधा सदस्य उम्मेदवार हिरा बहादुर खत्रीले जनजाति, मुस्लिम र भूमिपुत्रहरुको अधिकार र समावेशीताको पक्षमा आफुले काम गर्ने बताउनुभएको छ । जनजाति, मस्लिम तथा भुमिपुत्रहरुले गर्दा मुलुकको रक्षा भएकाले उनीहरुको अधिकारलाई सुनिश्चित गर्ने र अधिकार स्थापित गराउने कुरामा आफ्नो पहल जारी रहने उहाँले बताउनुभयो । 

    रुपन्देहीको क्षेत्र नम्बर १ मा विभिन्न जातजाती, भाषा, संस्कृतीको बसोबास रहेकाले सबैको पहिचानका आधारमा अधिकार स्थापित गराउनु नै अहिलेको आवश्यक रहेको उहाँले बताउनुभयो । 

    शुक्रबार देवदह नगरपालिकाको वडा नम्बर ११ र १२ मा घरदैलोका क्रममा आफ्ना भनाइ राख्दै उहाँले यस क्षेत्रको कृषि उत्पादन र विकासमा भुमिपुत्रहरुको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुभयो । उहाँले जनजातिसँगै यादवलगायतका समुदायले भुमिको रक्षा गरेको र कृषि उत्पादनलाई वृद्धि गर्दै आएको स्मरण गर्दै कृषिको बजारीकरण, भण्डारण, उन्नत बिउबिजन र कृषिमा सहज अनुदानका कार्यक्रमहरु ल्याएर भुमिपुत्रहरुलाई राहत दिने काममा आफूले योजनाबद्ध तरिकाले काम गर्ने बताउनुभयो । 

    क्षेत्र नम्बर १ का विभिन्न स्थानमा घरदैलो तथा सुझाव संकलन गर्दै हिंड्नुभएका उम्मेद्वार खत्रीले सबैको जातीय पहिचान, समावेशीता र संस्कृतिको रक्षाका लागि राज्यले सही नीति ल्याउनुपर्ने उल्लेख गर्दै जनजाति, मुस्लिम, भूमिपुत्र र सबै भाषाभाषीहरुको अधिकार र पहिचानका लागि सबै खाले पहल थाल्ने उहाँले आश्वासन दिनुभयो । 

    घरदैलो अभियानमा काँग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेल, महासमिति सदस्य सरिता चौधरी, जिल्ला सचिव हरिप्रसाद काफ्ले, सह–सचिव बासुदेव रिमाललगायतले बदलिएको कांग्रेसले नै मुलुकलाई बदल्ने भएकाले काँग्रेसलाई मतदान गरेर बहुमतको सरकार बनाउन सहयोग गर्ने आग्रह गर्नुभएको प्रचारप्रचार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

    घरदैलो कार्यक्रम अन्तरगत उम्मेद्वार खत्रीले तिलोत्तमा, देवदह नगरपालिका, ओमसतिया, र देवदह नगरपालिकाका विभिन्न वडामा घरदैलो र भेटघाटलाई जारी राख्नुभएको काँग्रेस क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो ।