images

शुक्रवार, बैशाख २१ गते २०८१

साबधान ! सिदार्थनगरमा लासहरुको चित्कार सुन्नुपर्ला ?

साबधान ! सिदार्थनगरमा लासहरुको चित्कार सुन्नुपर्ला ?

images
images
images
सोमवार, भाद्र १ २०७७
सोमवार, भाद्र १ २०७७
  • साबधान ! सिदार्थनगरमा लासहरुको चित्कार सुन्नुपर्ला ?

    विश्वभरी फैलिरहेका नोवल कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने अनौठो रोग हो । यसबाट संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा यो रोग सर्दछ । बिश्व अहिले अनौठो रोगको चपेटामा छ । विश्वका अति शक्तिशाली मुलुकहरुलाई समेत हाहाकार पारेको यो कोरोना भाइरसले संसारका सबै मुलुकलाई आफ्नो पन्जामा कैद गरिसकेको छ । धनि, गरिब, जात, धर्म लिंग, उमेर कसैलाई पनि यो कोरोना भाइरसले  छोडेको छैन्, भनौ सबैलाई समान ब्यबहार गरिरहेको छ । विश्वका अति सम्पन्न मुलुकमा तबाही मच्चाई रहेको यो भाइरस अहिले विश्वका साना मुलुकहरुमा पनि यसले आफ्नो डर लाग्दो उपस्थिति जनाई रहेकोछ । यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

    images
    images
    images

    ओडोमिटरमा दिएको तथ्यांकअनुसार, कोरोना भाइरसको संक्रमणबाट सोमबार दिउसो सम्ममा विश्वका ७ लाख ७३ हजार १ सय ९७ जनाले ज्यान गुमाई सकेका छन् भने १ करोड ५३ लाख ४१ हजार ६ सय २९ जना संक्रमित छन् । यो यति खतरनाक छ कि कुनै एक व्यक्तिको सामान्य लापर्बाहीले आफ्नो मात्र होइन, परिबार र समुदायका हजारौ मानिसको ज्यान लिन सक्छ । विश्वको शक्तिशाली राष्ट्र भनेर अहम गर्ने अमेरिकालाई पनि यस कोरोना भाइरसले आछु आछु पारेको छ । अमेरिकामा मात्रै १ लाख ७३ हजार १ सय २८ जनाको मृत्यु भैसकेको छ भने ५५ लाख ६६ हजार ६ सय ३२ जना संक्रमित भई सकेकाछन् । ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९ जनाको मृत्यु भैसकेको छ भने ३३ लाख ४० हजार १ सय ७९ जना संक्रमित छन् । त्यस्तै मेक्सिकोमा ५६ हजार ७ सय ५७ जना र छिमेकी राष्ट्र भारतमा ५१ हजार ७९ जनाको मृत्यु भैसकेको छ भने भारतमा २६ लाख ५१ हजार २ सय ९० जना संक्रमित छन् । यो आंकडा दिन प्रतिदिन वृद्धि भईरहेको छ ।  

    अहिले नेपालमा यसले आफ्नो डरलाग्दो उपस्थिति जनाई रहेकोछ । नेपालमा सोमबार दिउसो सम्ममा यस रोगबाट मृत्यु हुनेहरुको संख्या १०५ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या २६ हजार १९ पुगी सकेकोछ । संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेकोछ । कोरोना भाइरसले पर्सा, धनुषा, काठमाडौँ लगायतका बिभिन्न जिल्लाहरुमा कोहरम मच्चाई रहेको छ भने नेपालका सबै जिल्लाहरुमा यसले आफ्नो उपस्थित जनाइसकेको छ । यसबाट रुपन्देही जिल्ला पनि अछुतो रहन सकेको छैन् । सिदार्थनगर नगरपालिकाले भदौ ६ गते सम्मका लागि लक् डाउन गरेकोछ । यसबाट पनि प्रष्ट हुन्छ कि सिदार्थनगर नगरपालिकामा कोरोना भाइरसले कुनैपनि समय उद्धम मच्चाउन सक्छ ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा बोल्ने क्रममा भनेका थिए, चीनको वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो । दुबईबाट आएको पनि नरमै देखिएको थियो । तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ । प्रधानमन्त्री ओलीको यो भनाइ वैज्ञानिक तथ्य नभई उनको यो व्यक्तिगत आकलन र हस्यौली थियो । यो भनाइ सार्वजनिक भएपछि भारतीय सञ्चार माध्यममा निकै टीकाटिप्पणी भएको थियो । उनको यो व्यक्तिगत आकलन भएपनि अहिले सम्म नेपालको अवस्था हेर्ने हो भने नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको अत्यधिक संख्या छिमेकी मुलुक भारतबाट नेपाल भित्रिएकाहरुमा नै देखिएकोछ ।सिद्धार्थनगर नगरपालिका अत्यन्त जोखिममा यसकारण छ कि भारतको अति जोखिममा रहेको उत्तरप्रदेश नेपालको मुख्य नाका सुनौली सिद्धार्थनगर नगरपालिमा पर्दछ । जहाबाट दैनिक सयौं ढुवानीका गाडीहरु नेपाल भित्रिरहेका छन् भने लुकिछिपी नेपाल भित्रिनेहरुको संख्याको त कुनै लेखाजोखा नै छैन् । नेपाल स्वास्थ्य मन्त्रालयको प्रबक्ताको भनाइ अनुसार, यदि नेपालमा संक्रमित हुनेहरुको संख्या बढ्दै गयो भने संक्रमित हुनेहरुको ब्यबस्था गर्न सक्ने अवस्थामा सरकार छैन । यो उनको भनाई अति नै सम्बेदनशील र महत्वपूर्ण छ । 

    अहिले सत्ता समालेर बसेकाहरुले जतिसुकै ठुला कुरा गरेपनि दैनिक कोरोना संक्रमित हुने र यसबाट मृत्यु हुनेहरुको तथ्यांक भन्ने भन्दा ठोस योजना ल्याउन सकेको छैन् । जनता कोरोना भाइरसका कारण जुनसुकै बेला संक्रमित भई ज्यान जाने होकी भन्ने त्रासले ग्रस्त छन् भने अर्कोतर्फ बिहान बेलुकी कसरी छाक टार्ने भन्ने चिन्तामा छन् । नेपाली समाचारहरुमा आएका समाचारलाई आधार मान्ने हो भने, देश हाक्ने जिम्मेवारी लिएर बसेकाहरुको ध्यान महंगा गाडी किन्ने तिर केन्द्रित छ भने विदेशबाट स्वास्थ्य सम्बन्धि भित्राईएका सामग्रीहरुमा पनि करौडौ रुपैयाको कसरी कुम्ल्याउने भन्नेमा छ ।बिदेशबाट भित्राईएका सामग्रीहरु पनि गुणस्तरीय छैन भन्ने पुष्टी हुदै गएको छ । यस्तो अवस्थामा नेपालमा अमेरिकामा जस्तो महामारी फैलियो भने के गर्ने यो अत्यन्त चिन्ताको बिषय हो । 

    सिद्धार्थनगर नगरपालिकामा कोरोना भाइरसले अमेरिका, मेक्सिको, ब्राजिलमा जस्तो उद्धम मच्चायो भने राम राम भन्ने बाहेक अरु केहि उपाय छैन् । भारतमा जुन प्रकारले कोरोना संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ यसबाट सिद्धार्थनगर नगरपालिकाका हामी जनता जनार्दनहरु अत्यन्त संबेदनशिल हुन् आबश्यकछ । सरकारले गरेका सुरक्षा सम्बन्धि पालना गर्नुपर्ने नियमहरुलाई सबैले आत्मसात गरी हुबहु पालना गर्नु भन्दा अरु कुनै बिकल्प छैन । आफ्नो र आफ्नो परिवारको सुरक्षाको जिम्मा आफ्नै हातमा छ । आफ्ना लागि आफै सचेत हुने बाहेक अरु कुनै उपाय छैन् । स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन ः कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोभिड १९ भएको पाइएकोछ । उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो । यसबाट यो बुझिन्छ कि एक पटक कोरोना संक्रमित भइसकेको व्यक्तिले आफ्नो सुरक्षा तर्फ ध्यान नदिने हो भने पुन संक्रमित हुनसक्छ ।

    कल्पना गरौ यदि अमेरिकामा जस्तो संक्रमित सिद्दार्थनगर नगरपालिकामा देखियो भने लासहरुको चित्कार सुन्ने भन्दा अरु के उपाय हुनसक्छ ? विश्वका अति सम्पन्न मुलुकहरु जहाँ स्वास्थ्य सम्बन्धि नीतिहरु लगायत स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सामाग्रीहरु, साधन र श्रोतहरुमा अत्यन्त सक्षम छन् ति राष्ट्रहरुको त्यो हालत छ भने हाम्रो यो सिदार्थनगर नगरपालिकाले कसरी धान्न सक्छ ? यस्तो अबस्थामा लासहरुको थुप्रो हेर्ने र लासहरुको चित्कार सुन्ने भन्दा हामि के गर्न सक्छौ ? यसतर्फ सबै चनाखो हुने र सिदार्थनगर नगरपालिकाले गरेको आव्हानलाई सबैले पालना गर्नु नै अहिलेको हामी सबैको कर्तव्य र जिम्मेवारी हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij