२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

४० वर्षमुनीका १५० जना युवा काँग्रेसमा प्रवेश

सोमवार , फाल्गुण ११, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, ११ फागुन । रुपन्देहीको बुटवलका १५० युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित युवा भेलामा ४० वर्षमुनीका १५० जना युवा काँग्रेसमा प्रवेश गरेका हुन् ।
    नवप्रवेशीहरूलाई कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले पार्टीमा स्वागत गर्नुभएको हो । सो अवसरमा बोल्दै रानाले २०४८ सालभन्दा अघि टेलिफोन समेत नभएको अवस्थामा काँग्रेस नेतृत्वको सरकारले ल्याएको सञ्चार नीतिका कारण अहिले हातहातमा मोबाइल, भौतिक पूर्वाधार विकास, शिक्षा नीति स्वास्थ्य नीतिका कारण विकास निर्माणले गति लिएको बताउनुभयो । 

    सो अवसरमा युवा नेता सुनिल शर्माले जेनजी आन्दोलन भ्रष्टाचारको अन्त्य र नेताहरूको अस्वभाविक रहनसहनविरूद्व रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्चालमार्फत सेलिब्रेटी भएर मात्रै देश चलाउन नसकिने बताउनुभयो । र्याप, उखान टुक्काले देश नचल्ने र भिजन चाहिने उहाँले बताउनुभयो ।

    कार्यक्रममा अध्यक्ष विजय गुरूङ, प्रशिक्षण विभाग सदस्य सचिव बालकृष्ण पौडेल, प्रदेश प्रतिनिधि नरेश कुमार पुन, विद्यार्थी नेता सुदिप शर्मा, नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य अशोक गौतम, राजु रास्के लगायतले बोल्दै जेनजी आन्दोलनपछि परिवर्तन भएको दल नेपाली कांग्रेस मात्रै भएको बताउनुभयो ।