२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

नेकपा (एस) बाट वडाध्यक्षमा निर्वाचित शाक्यसहित ५५ जना युवाहरु एमालेमा समाहित

सोमवार , फाल्गुण ११, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, ११ फागुन । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित भएका छन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा वडाध्यक्षमा जित्नुभएका सुनिल शाक्यसहित युवाहरुलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदार विष्णु प्रसाद पौडेलले स्वागत गरेका छन् । 

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलमा आवद्ध युवा नेताहरु पौडेललाई जिताउने अभियानमा सामेल भएको जनाएका छन् । एमालेका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर२ निर्वाचन परिचालन समिति सह-संयोजक राजु गुरुङको पहलमा वडाअध्यक्ष शाक्य, युवा नेताहरु शंकर घर्ती, विक्रम बस्याल, सुमन गुरुङ, प्रवेश सुनार, राजु क्षेत्री, आकाश गुरुङ, झविन गौतम, धनसिंह खाम्चालगायत युवाहरु पौडेललाई साथ दिन तयार भएका हुन् ।

    उनीहरुले यस क्षेत्रको दीर्घकालीन विकास र समृद्धिका लागि विष्णु पौडेलको विकल्प नभएको र भविष्यको प्रधानमन्त्री बन्नसक्ने व्यक्तित्व भएकाले साथ दिन तयार रहेको जनाएका छन् ।
    एमाले उपाध्यक्ष पौडेलको उपस्थितिमा युवा नेता राजु गुरुङले युवाहरुको प्रतिनिधिमूलक भेला गराई उनीहरुलाई यो अभियानमा सामेल गराउनुभएको हो । उनीहरुमार्फत कम्तीमा ५ सय युवाहरु एमालेमा जोडिने नेता राजु गुरुङले दावी गर्नुभएको छ ।

    युवाहरुको प्रवेशसँगै रुपन्देही–२ मा पौडेलको जीत सुनिश्चित भएको भन्दै नेता गुरुङले सामाजिक सञ्जालको भ्रममा नपरी फराकिलो जितका लागि मेहनत गर्नुपर्ने युवाहरुलाई आग्रह गर्नुभयो । एमाले परिवारका सदस्यहरुसँग पुनर्मिलन र युवाहरुको साथले आफूलाई थप उत्साहित बनाएको उम्मेदवार पौडेलले बताउनुभयो । आइतबार राती पौडेलले ती युवाहरुलाई स्वागत गरेको फोटा सार्वजनिक गर्नुभएको छ ।