२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

रुपन्देहीमा थप ५ सय ७९ जनामा कोराना भाइरस संक्रमण पुष्टि

सोमवार , बैशाख २०, २०७८

भैरहवा, २० वैशाख । 

पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ५ सय ७९ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ। कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप ११ जनाको मृत्यु भएको छ। रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५ जना पुगेको छ।

त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १३ हजार ९ सय ६९ पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ६ सय ४८ संक्रमित निको भएका छन्। 

कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ५१, तिलोत्तमा नगरपालिकामा १ सय २६, सिद्धार्थनगर नगरपालिकामा ९०, सैनामैना नगरपालिकामा ३२, देवदह नगरपालिकामा २०, ओमसतिया गाउँपालिका  १५ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै कञ्चन गाउँपालिकामा १२ जना, मायादेवी र शुद्धोधन गाउँपालिकामा ९/९, सियारी गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। 

यस्तै रोहिणीमा गाउँपालिकामा ४, सम्मरीमाई गाउँपालिकामा २ र गैडहवा गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् ।