२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

नाउपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका धनिराम चौधरी राप्रपामा प्रवेश

आइतवार , फाल्गुण १०, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, १० फागुन । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ । 

    शनिबार भैरहवामा चौधरीलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहरा लगायतले भैरहवामा पार्टीमा स्वागत गर्नुभयो ।

    Dhaniram-chaudhary.jpg

    चौधरीले अघिल्लो निर्वाचनमा रुपन्देही–१ बाट १३ हजार ९ सय ४६ मत प्राप्त गर्नुभएको थियो ।

    चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन शनिबार भैरहवा आउनुभएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाबाट क्याप्टेन गौरव बोहरा र १ बाट प्रज्जवल बोहरा उम्मेदवार हुनुहुन्छ । उहाँहरु राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री स्वर्गीय दीपक बोहराका सुपुत्र हुनुहुन्छ ।