शुक्रवार , फाल्गुण ८, २०८२
भैरहवा, ८ फागुन । निर्वाचन आयोगको आचारसंहिता अनुसार फागुन ४ गते यता देशैभर उम्मेदवार र पार्टीका नेता–कार्यकर्ताले मतदाताहरुसँग मत मागिरहेका छन् । यो क्रम फागुुन १८ गतेसम्म चल्नेछ । त्यसपछि भने रोक्नुपर्ने हुन्छ । निर्वाचनको समयमा आफ्ना उम्मेदवारलाई नेता–कार्यकर्ताले मत माग्नुु, उम्मेदवार स्वयंले आफूलाई मत दिन आग्रह गर्नु अधिकार हो ।
रुपन्देही क्षेत्र नम्बर ३ मा ३६ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । ३६ मध्ये ३ जनाले एमाले उम्मेदवार बासुदेव घिमिरेलाई र एकजनाले राप्रपाका उम्मेदवार क्याप्टेन गौरव बोहरालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।धेरैजना उम्मेदवारहरुमध्ये कसलाई मतदान गर्ने भन्ने अन्यौलता रहिरहेको बेला केही मतदाताहरु भने उम्मेदवारको पक्षमा समेत खुल्न थालेको देखिन्छ । दशकौदेखि वकालत गर्दै आउनुभएका अधिवक्ता मोहन देउजाले भन्नुभयो–‘मतदान गोप्य रुपमा गरिने विषय हो । तर, गोप्य मतदानलाई प्रभावित गर्ने गरी केही मानिसहरुले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने, मतको ठेक्का लिने प्रवृति ठीक होइन ।’
अडिटर चन्द्रकान्त भट्टराईले भने आसन्न फागुुन २१ को निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बासुदेव घिमिरे विकासप्रेमी नेता भएकाले उहाँको पक्षमा झनै विश्वास बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सामाजिक सञ्जालमा धेरै अफबाह फैलिन थाल्यो । सत्यलाई विभिन्न जालझेल गरेर छेक्न थालियो ।’ उहाँले रुपन्देही–३ का मतदातालाई आग्रह गर्दै भन्नुभयो ‘मैदानमा रहेका उम्मेदवारहरुको विगतको पृष्ठभूमि, राजनीतिप्रतिको निष्ठा, विकासप्रतिको दृष्टिकोण सबैै हेर्दा एमालेका उम्मेदवार उपयुक्त हुनुहुन्छ । सामाजिक सञ्जालको भ्रममा परियो भने नोक्सानी व्यहोर्नुुपर्नेछ ।’ सेवानिवृत्त प्रहरी अधिकृत तुलसीराम पराजुलीले भन्नुभयो–‘एमाले उम्मेदवार बासुदेव घिमिरेलाई जिताउँदा यस क्षेत्रको विकासमा टेवा पुग्छ ।’
रुपन्देही जिल्ला अदालत बार एशोसिशयनका पूर्वअध्यक्ष लोकनाथ पन्थले सामाजिक सञ्जाल था एआईको प्रयोग गरेर भए÷नभएको प्रचार गर्दा मतदाताहरुलाई झनै अन्यौलता परिरहेको हुन सक्ने बताउनुभयो । यसैले सचेत मतदाताहरु कुन उम्मेदवार कस्तो हो, रुपन्देही–३ को लागि कस्तो उम्मेदवार उपयुक्त हो भनी आफ्नो धारणा राख्नुु गलत नभएको अधिवक्ता पन्थको तर्क छ । उहाँले भन्नुभयो, ‘आसन्न फागुन २१ गतेको निर्वाचनमा रुपन्देही–३मा सबैपक्ष उपयुुक्त उम्मेदवार बासुदेव घिमिरे भएको निष्कर्षमा पुुगेको छुु । ’
विगतमा रुपन्देही–३ मा बाहिर चर्चा गरेभन्दा फरक चुनावी परिणाम आएको थियो । २०७९ सालको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा एक शब्द पनि नबोलेका उम्मेदवारले जितेका थिए । त्यो समयमा एमाले, राप्रपा र जसपा नेपालकातर्फबाट साझा उम्मेदवार रहनुभएका दीपक बोहराले एक शब्द नबोली निर्वाचन जित्नुभएको थियो । उहाँ पोस्ट कोभिडको कारण बोल्न सक्नुहुन्थेन । उहाँले नबोली निर्वाचन जित्नुभएको थियो । त्यो समयमा नेपाली कांग्रेस, नेकपा (माओवादी), नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का तर्फबाट साझा उम्मेदवार रहनुभएका बहालवाला गृहमन्त्री बालकृष्ण खाण पराजित हुनुभएको थियो । बोहराले एक शब्द नबोली २ हजार ६ सय ८१ मतान्तरले सत्ता गठबन्धनका शक्तिशाली गृहमन्त्रीलाई पराजित गर्नुभएको थियो । २०७९ सालमा भाषण त के एक शब्द बोल्दै नबोलेका उम्मेदवारको चुनावी कार्यक्रम र भाषण त्यो बेला आम सञ्चार तथा सामाजिक सन्जालमा आक्रमक रुपमा प्रचार गरिदा मतदाताले मत दिएको अहिले चर्चा गर्न थालिएको छ ।
त्यो बेलाको निर्वाचनबारे टिप्पणी गर्दै राजनैतिक विश्लेषक भरत कुमार पोखरेल भन्नुहुन्छ, ‘त्यो बेला दीपकजीले चुनाव जित्नुुको मूल कारण एमालेको प्रतिबद्ध मत नै हो । एमालेको रणनीति, कार्यकर्ताको खटनपटन अर्को महत्वपूर्ण पक्ष हो । त्यो समयमा उहाँ स्वास्थ्यको कारण बोल्न सक्नुुहुुँदैन्थ्यो । तर, त्यो बेला आम सञ्चारमा उहाँका हरेक गतिविधि र चुनावी कार्यक्रमलाई प्राथमिकताकासाथ प्रकाशन तथा प्रसारण गरेर महत्व दिइयो । जसले गर्दा आम मतदाताले उहाँको बोली नसुुने पनि रेडियो, टिभी, पत्रिका, अनलाईनमा पढेर, सुुनेर विश्वास गरी मत दिएका हुन् । ’
रुपन्देही क्षेत्र नम्बर ३ मा रहेका १ लाख ४० हजार ३५ जना मतदाताले ३६ जना उम्मेदवारमध्ये कसलाई मतदान गर्छन् । त्यो फागुन २१ गतेपछि नै थाहा होला । तर, अहिलेसम्मको माहौल हेर्दा निर्वाचनमा होमिएका स्वयं उम्मेदवार नै एमाले उम्मेदवार घिमिरेको पक्षमा देखिएको एक स्थानीयले बताउनुभयो ।
महन्थ ठाकुुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उम्मेदवार भइ घरदैलो गरिरहेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी निस्क्रिय बनाई एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ ।
त्यसै गरी स्वतन्त्र उम्मेदवार मोहमद मुुर्तुुजाले पनि उम्मेदवारी फिर्ता लिइ घिमिरेलाई समर्थन गर्नुभएको छ । त्यसै गरी डा. बाबुुराम भट्टराई, सुदन किराती नेतृत्वको प्रलोपाले पनि घिमिरेलाई समर्थन गर्ने निर्णय गरेको छ । यसरी चुनावी मैदानमा रहेका उम्मेदवारहरु नै आफ्नो उम्मेदवारी निष्क्रिय बनाई समर्थन गर्नुुले घिमिरे रुपन्देही–३ मा अन्य प्रतिष्पर्धी भन्दा बलियो हुँदै जानुभएको चर्चा हुन थालेको स्थानीय बताउँछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij