२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

रास्वपा परित्याग गरेकी सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश

बुधवार , फाल्गुण ६, २०८२

  • 148
    Shares
  • 148
    Shares
  • काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ।

    बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गर्नुभयो ।

    उहाँले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर आएको जिकिर गर्नुभयो । 

    उहाँले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार चयनमा  आर्थिक चलखेल भएको भन्दै बुधवार बिहान मात्रै साधारण सदस्य समेत नरहनेगरी रास्वपा परित्याग गर्नुभएको थियो ।