२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

सोचेभन्दा बढी जनताको माया पाइरहेको छु : गौरव बोहरा

बुधवार , फाल्गुण ६, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, ६ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले माया सोचेभन्दा बढी जनताको पाइरहेको बताउनुभएको छ । 

    मंगलबार शुद्धोधन–१ मा घरदैलोपछि उहाँले भन्नुभयो–‘घरदैलोका क्रममा जनताले आफूप्रति देखाएको स्नेह र मायाले खुसीको अनुभुति भएको छ । ’जनताको उत्साह, विश्वास र समर्थन दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ छ ।

    उम्मेदवार बोहराले घर–घरमा पुगेर जनताका समस्या, सुझाव र अपेक्षाहरू सुन्दै सडक, खानेपानी, कृषि, रोजगारी र युवाका अवसरमा स्पष्ट योजना र प्रतिबद्धता व्यक्त गर्नुभएको राप्रपाले जनाएको छ ।

    २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका उम्मेदवार दीपक बोहरा निर्वाचित हुनुभएको थियो । रुपन्देही–३ मा अहिले स्वर्गीय दीपक बोहराका सुपुत्र गौरव बोहरा उम्मेदवार बन्नुभएको छ ।