सोमवार , माघ २६, २०८२
काठमाडौं, २६ माघ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आईतवार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ ।
सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ । २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताउनु भयो ।
आफूहरुले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने र आवश्यक लगानी सुनिश्चित गर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
