आइतवार , माघ २५, २०८२
काठमाडौं, २५ माघ । जापानको मौसम विज्ञान एजेन्सीले आईतवारको आम निर्वाचन अघि देशका उत्तरी र पश्चिमी क्षेत्रहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले शुक्रवार जनाएअनुसार समुन्द्री किनारका उत्तरी र पश्चिमी क्षेत्रहरूमा सप्ताहन्तभरि भारी हिमपात हुने सम्भावना छ ।
यो मौसमको अवस्था देशमा आईतवार हुन लागेको आम निर्वाचनको समयसँगै परेको छ । एजेन्सीकाअनुसार आईतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्रमा ४० सेन्टीमिटर सम्म हिउँ पर्न सक्नेछ।
अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिउँका कारण देशैभर ४२ जनाको मृत्यु भएको छ भने ४८६ जना घाइते भएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
