आइतवार , माघ २५, २०८२
भैरहवा, २५ माघ । भैरहवाको एकजना महिला स्वास्थ्य स्वयंसेविकाको निधन भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ की महिला स्वास्थ्य स्वयंसेविका सुर्जमती हरिजनको ५८ वर्षको उमेरमा शनिबार (हिजो) दिउँसो ४ बजे आफ्नै घरमा निधन भएको हो ।
केही महिनादेखि अस्वस्थ हरिजनको उपचार भइरहेको थियो । पारिवारिक स्रोतका अनुसार उहाँको दाहसंस्कार आइतबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा गरिनेछ । स्वर्गीय हरिजनको चार छोरा र एक छोरी छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
