२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ रुपन्देहीमा सार्वजनिक

आइतवार , माघ २५, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, २५ माघ । महिन्द्राका बीई–६ र एक्सईभी ९ ई रुपन्देहीमा सार्वजनिकसँगै विक्री सुरु भएको छ । हेटौडा, वीरगंज र चितवनपछि अग्नी गु्रपको सहायक कम्पनी तथा नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नी आस्था प्रा.लि.ले तिलोत्तमा नगरपालिका–९ स्थित भलवारीबाट विक्री सुरु गरेको हो । 

    नेपालको सातौं सोरुमको रुपमा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा उद्घाटन गरी यी नयाँ विद्युतीय एसयूभीहरू औपचारिक रूपमा बजारमा ल्याइएका हुन् ।  

    सो अवसरमा बोल्नुहुँदै अध्यक्ष कार्कीले समय परिवर्तनसँगै आवश्यकता र मागअनुसार नै महिन्द्राले विद्युतीय एसयूभीहरू ल्याएको बताउनुभयो । यसले पेट्रोलियम पदार्थबाट हुने व्यापार घाटा केही भए पनि कम गर्न सक्ने उहाँले बताउनुभयो । नेपालमा महिन्द्रा ब्राण्ड आफैमा परिचित रहेको र सार्वजनिक गरिएका गाडीले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।
    रुपन्देही र आसपासका बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू–बीई–६ र एक्सईभी ९ई–सार्वजनिक भएको कम्पनीले जनाएको छ ।

    पेट्रोलियम गाडीमा उत्कृष्टता हासिल गरेको कम्पनीले ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अत्याधुनिक विद्युतीय एसयूभीहरू भित्रयाइरहेको जनाएको छ । भारतमा उच्च श्रेणीमा रेन्किङ भएको गाडीमा ७ वटा एयर बैग रहेको कम्पनीका प्रोडक्ट म्यानेजर सागर भट्टराईले बताउनुभयो । महिन्द्रा र सुरक्षा एक अर्काको परिपुरक रहेको भन्दै महिन्द्राका यी विद्युतीय एसयूभीहरू ‘इङ्ग्लो प्लेटफर्म’ मा आधारित रहेको उहाँले बताउनुभयो । संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मानिने ‘माया’ प्रणालीबाट सञ्चालित रहेको उहाँको भनाइ छ ।  

    कम्पनीका अनुसार बीई–६ र एक्सईभी ९ईले पर्फमेन्स, इन्टेलिजेन्स, आधुनिक डिजाइन र दिगोपनालाई एकैसाथ समेटेको भलवारी शाखा प्रमुख प्रज्वल अर्यालले बताउनुभयो । जसले नेपाली विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । निरन्तर विस्तार भइरहेको नेपाली अटोमोबाइल बजारले अत्याधुनिक प्रविधियुक्त बर्न इलेक्ट्रिक भेहिकल्सलाई उत्साहका साथ स्वीकार गरिरहेको कम्पनीको भनाइ छ । हालसालै महिन्द्रा एक्सईभी ९ ईले ‘इन्डियन कार अफ द इयर’ अन्तर्गत ‘ग्रीन कार अफ द इयर’ अवार्ड प्राप्त गरेको छ, जुन यसको दिगो डिजाइन, उन्नत विद्युतीय प्रविधि र उत्कृष्ट प्रदर्शनको प्रमाण भएको दावी गरिएको छ । 

    अग्नी ग्रुपका सेल्स डाईरेक्टर बरदान बस्नेतले विगत ३५ वर्षदेखि महिन्दा ब्राण्डलाई चिनाएर प्रतिनिधित्व गरिरहेको बताउनुभयो । ‘हाम्रो सेवाप्रतिको यहाँहरुको विश्वासका कारण यहाँसम्म आइपुगेका छौं, ’उहाँले भन्नुभयो । समयसापेक्ष महिन्द्राले नयाँनयाँ प्रविधि अपनाइरहेको उहाँको भनाइ छ । जलस्रोतको धनी देश नेपाल र विद्युत उत्पादन बढिरहेको अवस्थामा विद्युतीय सवारीसाधनको महत्व अझ बढ्दै गएको उहाँले बताउनुभयो ।

    अग्नी ग्रुपको लुम्बिनी प्रदेश प्रमुख रामेश्वर महर्जन तिलोत्तमा सुन्दर र सफा शहर भएको बताउनुभयो । तिलोत्तमामा गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । कम्पनीले हाल ५९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको प्रारम्भिक मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म तोकेको छ । कार्यक्रममा ग्राहक र कम्पनीका प्रतिनिधिहरूको सहभागीता थियो ।