२०८२, चैत्र ११ गते

Mar 25 2026 | २०८२, चैत्र ११ गते

ब्रिटिस ग्रामर स्कूलमा ‘बीजीएसआर’ क्रियटीभ फेस्ट सम्पन्न

शनिवार , माघ २४, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २४ माघ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देहीमा चौथो क्रियटीभ फेस्ट भव्य रुपमा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता तथा विद्यार्थी अदनान शेखको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा सञ्चालन गरेका थिए ।

    विद्यार्थीको पूर्ण नेतृत्व र सहभागीतामा सम्पन्न भएको यो फेस्टमा विद्यार्थीले लाईभ गीत, नृत्य, आफूले लेखेका पुस्तकको प्रदर्शनी, बनाएका कलात्मक चित्र, लगायतका पेन्टिङ, बृहत् मार्केट, शैक्षिक कार्यशाला, रोबोटिक, लट्री, आर्केट, क्याफे, हन्टेड हाउससहितका आफ्ना मौलिक सृजना प्रस्तुत गर्नुका साथै बजारमा विक्री गरेका थिए । 

    कक्षा प्लेग्रुप (पिजी) देखि १२ सम्मका ५ सय जना ५० विद्यार्थी र १ हजार भन्दा बढी दर्शक अभिभावककाको उपस्थितिमा सम्पन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले यस विद्यालयले सञ्चालन गरेको यो कार्यक्रमले विद्यार्थीमा नेतृत्व र व्यक्तित्व विकास हुने बताउनुभयो । यसका साथै विद्यार्थीहरुको आत्मबल बढाउने, आफूले आफैलाई चिन्न सघाउने धारण व्यक्त गर्नुभयो ।
    आजको विश्वव्यापीकरणको जमानामा यो विद्यालयले विद्यार्थीको किताबी ज्ञानभन्दा पनि बाहिर जीवन र शिक्षा छ भन्ने सिकाएकाले अन्य विद्यालयले सिको गर्नुपर्ने बताउनुभयो ।

    DSC04963.JPG.jpeg

    विद्यार्थीको सर्वांगीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइलाई उत्साहित बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम मोफसलका विद्यालयको पृथक र सफल कार्यक्रम रहेको विद्यालयकी निर्देशक पुष्पा कंडेलले बताउनुभयो ।

    कक्षा ११/१२ पढ्ने विद्यार्थीको नेतृत्व, विद्यालय तहका विद्यार्थीको सक्रियता र शिक्षकहरुको सहजीकरणमा सम्पन्न क्रियटिभ फेस्टमा साथ सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, पत्रकार तथा शिक्षाप्रेमीलाई विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले आभार व्यक्त गर्नुभयो । फेस्टमा विद्यालयका सह–प्राचार्य महेश पौडेल क्षेत्री अनी र उमेश कंडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।