२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

रतन गुप्ताले सिद्धार्थनगरको विकासमा पुर्‍याउनुभएको योगदान स्मरणीय रहनेछ : मेयर खाँ

बिहिवार , माघ २२, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा, २२ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले पूर्व नगर उपप्रमुख रतन कुमार गुप्ताको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नगरप्रमुख खाँले स्वर्गीय गुप्ताले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभयो । 

    ‘यस दुःखद घडीमा सिद्धार्थनगर नगरपालिका परिवार दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं, ’नगरप्रमुख खाँद्वारा जारी सूचनामा उल्लेख छ ।

    उपप्रमुख गुप्ताको निधनको शोकमा नगरपालिकाले माघ २२ गते बिहीबार शोक बिदा दिएको छ । बिहीबारका दिन नगरपालिका मातहतका कार्यालयहरु, शैक्षिक संस्था (सामूदायिक, संस्थागत तथा धार्मिक विद्यालय) मा बिदा दिइएको नगरप्रमुख खाँले जानकारी दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताको बुधबार बेलुकी ८ बजे ७६ वर्षको उमेरमा उपचारका क्रममा तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमशन अस्पतालमा निधन भएको हो । स्वर्गीय गुप्ताको श्रीमती, दुई छोरा र तीन छोरी छन् । गुप्ता २०४९ सालमा नगर उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।