२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

सिद्धार्थनगरका पूर्व नगर उपप्रमुख रतन गुप्ताको निधन

बुधवार , माघ २१, २०८२

  • 466
    Shares
  • 466
    Shares
  • भैरहवा, २१ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख रतन कुमार गुप्ताको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताको बुधबार (आज) बेलुकी ८ बजे ७६ वर्षको उमेरमा निधन भएको हो ।

    गुप्ताका छोरा अजय कुमार गुप्ताका अनुसार तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा गुप्ताको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाँलाई उपचारका लागि दुई साताअघि क्रिमशन अस्पताल पुर्याइएको थियो । उहाँको विगत चार वर्ष अघिदेखि उपचार भइरहेको थियो ।

    वि.सं. २०४९ सालमा रतन कुमार गुप्ता उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । वि.संं २०६४ र २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार समेत बन्नुभएको थियो । स्वर्गीय गुप्ता नेपाल ईट्टा व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार समेत हुनुहुन्छ ।

    स्वर्गीय गुप्ताका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।