२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

तिलोत्तमा र नगर विकास कोषबीच सम्झौता, ठूला सडक निर्माण हुँदै

बुधवार , माघ २१, २०८२

  • 424
    Shares
  • 424
    Shares
  • तिलोत्तमा, २१ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना (यूआरएलआईपी) बीच आयोजना निर्माण, सञ्चालन र व्यवस्थापन सम्बन्धमा सम्झौता भएको हो ।  हाल सो परियोजनामार्फत ड्राइभरटोल, शिवपुर र पत्थरडांडा तिनाउ सडक निर्माण हुने क्रममा रहेको छ ।

    सम्झौता–पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल र नगर विकास कोषको तर्फबाट टीडीएफका कार्यकारी निर्देशक इञ्जिनियर बिनोद प्रकाश पण्डितले हस्ताक्षर गर्नुभएको हो ।

    सो सम्झौता पश्चात आगामी दिनमा समेत भौतिक र मानवीय विकासमा थप टेवा पुग्ने देखिएको छ ।