२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

रुपन्देहीमा थप ४ सय ३२ जनामा कोराना भाइरस संक्रमण पुष्टि

शनिवार , बैशाख १८, २०७८

भैरहवा, १८ वैशाख । 
पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ सय ३२ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा थप ९ जनाको मृत्यु भएको छ । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२  पुगेको छ ।

त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ९ सय ४९ पुगेको छ । हालसम्म रुपन्देहीमा २ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसै गरी जिल्लामा ९ हजार ४ सय ६७ संक्रमित निको भएका छन् । 

कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २ सय ५, तिलोत्तमा नगरपालिकामा ७२, सिद्धार्थनगर नगरपालिकामा ६५, देवदह नगरपालिकामा २३, सैनामैना नगरपालिकामा १५ र शुद्धोधन गाउँपालिकामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै सियारी गाउँपालिकामा ८, कञ्चन गाउँपालिकामा ७, मायादेवी गाउँपालिकामा  ६, ओमसतिया र रोहिणी गाउँपालिकामा ४/४, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

त्यसै गरी कोटहीमाई गाउँपालिकामा २, मर्चवारी र गैडहवा गाउँपालिकामा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।