२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

कन्हैया बनिया रुपन्देही–४ मा रास्वपाबाट चुनाव लड्ने

सोमवार , माघ ५, २०८२

  • 7.5K
    Shares
  • 7.5K
    Shares
  • भैरहवा, ५ माघ । पदबाट राजीनामा दिनुभएका लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्नुहुने भएको छ । 

    २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) मा तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट प्रदेश सभा सदस्यमा निर्वाचित बनियाले आज राजीनामा दिनुभएको हो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–४ मा उम्मेदवारी दिने बनियाले जानकारी दिनुभयो ।