२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्यो : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

शुक्रवार , बैशाख १७, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, १७ वैशाख ।

    स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। 

    कोरोना सक्रमणका हिसाबले १९ ओटा जिल्ला  (मोरङ, सुनसरी, झापा पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक , कास्की, दाङ, बाँके, रुपन्देही पाल्पा, बर्दिया, र कंचनपुर) धेरै प्रभावीत भएका छन्।

    संक्रमण दर ह्वातै बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था भईसकेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय जनाएको छ। 

    मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड नै कोरोना संक्रमण रोकथामको उत्तम उपाए भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। 

    कुनै पनि मार्गबाट देश विदेश जाने वा आउने आन्तरिक बाहय पर्यटनक लागि कहि कतै जाने कामहरुमा पूर्ण रुपमा रोक लगाउनु पर्ने मन्त्रालयले बताएको छ। 

    कुनै पनि सार्वजनिक स्थलहरुमा भिडभाड गर्ने कामहरु बन्द गर्न अत्यन्त जरुरी रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मापदण्डको पालनामा बढी जोड दिनुपर्ने मन्त्रालयको तात्पर्य छ। 

    स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध:

    180472949_2577565229034446_9047403174893954003_n.jpg