२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

विष्णु पौडेललाई रुपन्देही–२ बाटै उम्मेदवार बनाउने निर्णय

आइतवार , माघ ४, २०८२

  • 400
    Shares
  • 400
    Shares
  • भैरहवा, ४ माघ । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार राति सकिएको सचिवालय बैठकले रुपन्देही–२ खाली राखेर उहाँलाई पाल्पा–२ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    एमाले केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रुपन्देही–२ मै उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

    आजै रुपन्देही–२ को क्षेत्रीय कमिटी बैठकको विशेष बैठक बसेर जसरी पनि रुपन्देही–२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरूले लिने निर्णय गरेको थियो ।

    पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ । रुपन्देही क्षेत्र नम्बर १ मा दधिराम न्यौपाने, २ मा विष्णु प्रसाद पाडैल, ३ मा बासुदेव घिमिरे, ४ मा सुनिता ठठेर र ५ मा खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो ।