२०८२, फाल्गुण २० गते

Mar 04 2026 | २०८२, फाल्गुण २० गते

पामिरमा खेल महोत्सव सुरु

आइतवार , माघ ४, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, ४ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । महोत्सव अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । 

    शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल महोत्सवमा जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको सहभागीता थियो ।

    आइतबार सम्पन्न खेलहरूमा सिनियर छात्रछात्रा १५ सय मिटर दौड, जुनियर छात्रछात्रा एथ्लेटिक्स, सिनियर छात्रछात्रा सर्टपुट, जुनियर तथा सिनियर छात्रछात्रा १०० मिटर दौड, छात्रा सन्तुलित दौड, आइसक्रिम दौड तथा गुरिल्ला दौड प्रतियोगिता समावेश थिए । खेलका सबै विधामा विद्यार्थीहरूले उच्च आत्मविश्वास, अनुशासन र खेलभावना प्रदर्शन गरेका थिए ।

    खेल महोत्सवले विद्यालय परिसरलाई उत्साह र प्रतिष्पर्धात्मक वातावरणले भरिएको देखिन्थ्यो । विद्यार्थीहरू मात्र होइन, शिक्षक तथा अभिभावकको समेत उपस्थिति थियो ।

    कार्यक्रमका अवसरमा विद्यालय सञ्चालक समितिका अध्यक्ष मोहन चापागाईंले शैक्षिक उपलब्धीसँगै खेलकुदलाई समान महत्व दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो– ‘खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार हो । अनुशासन, नेतृत्व, सहकार्य र आत्मविश्वास खेलमै सिकिन्छ । पामिर एकेडेमीले पढाइसँगै खेललाई पनि संस्कारका रूपमा अघि बढाइरहेको छ ।’

    त्यस्तै विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अमित रानाले खेल महोत्सव विद्यार्थीको प्रतिभा पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

    3d522c1d-4b5f-42d8-9218-eb69b7d301ac.jfif

    विद्यालय प्रशासनका अनुसार खेल महोत्सवका बाँकी खेल कार्यक्रमहरू पनि विभिन्न विधामा निरन्तर सञ्चालन हुनेछन्। खेलकुदमार्फत विद्यार्थीलाई स्वस्थ, अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले विद्यालयले नियमित रूपमा यस्ता अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।