२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

देउवापक्षीय काँग्रेसद्धारा सर्वाेच्च अदालतमा आयोगबिरुद्ध रिट दर्ता

आइतवार , माघ ४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ४  माघ ।नेपाली कांग्रेस देउवा समूहले पार्टीको आधिकारिताका बिषयमा निर्वाचन आयोगले गरेको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । 

    आइतबार कांग्रेस देउवा समूहका नेताहरु सर्वोच्च पुगेर गगन थापा समूहलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्कालगाएतका तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्चले जनाएको छ ।

    निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।रिट दर्तापछि कांग्रेस देउवा समूहका नेता पूर्ण बहादुर खड्काले पार्टीको संविधान अनुसार बनाइएको विधानको बिपरित निर्वाचन आयोगले आधिकारिताको निर्णय गरेको भन्दै त्यसको विरुद्धमा अदालत आउनुपरेको बताउनुभयो ।

    त्यस्तै कांग्रेस देउवा समूहका अर्का नेता मीन बहादुर विश्वकर्माले संविधान, विधान, ऐन केहि नहेरि निर्वाचन आयोगले एकपक्षीय ढंगले निर्णय गरेकाले अदालते आफुहरुलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

    उहाले षडयन्त्रपूर्ण ढंगले कांग्रेसलाई समाप्त गर्ने काम आयोगबाट भएकाले कानूनी र संवैधानिक हक सुनिश्चत गर्न माग गर्दै अदालत आएको बताउनुभयो । विश्वकर्माले पार्टीको करिव ७८ प्रतिशत केन्द्रीय कार्यसमिति सदस्यका तर्फबाट संयुक्त रुपमा अदालतमा रिट दर्ता गरिएको जानकारी दिनुभयो ।