२०८२, फाल्गुण २० गते

Mar 04 2026 | २०८२, फाल्गुण २० गते

तेजस बज्र कराँते फाइटर्स गल्लामण्डी उपडोजो उद्घाटन तथा बेल्ट–प्रमाणपत्र वितरण

आइतवार , माघ ४, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, ४ माघ । लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रुपन्देही अन्तर्गत सञ्चालित तेजस बज्र कराँते फाइटर्स, गल्लामण्डी उपडोजोले आफ्ना प्रशिक्षार्थीलाई बेल्ट वितरण गरी उपडोजो उद्घाटन कार्यक्रम गरेको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी क्योकुशिन कराँते डो संघ बज्र रुपन्देहीका मुख्य प्रशिक्षक तथा शाखा प्रमुख सिहान करुणा निधि त्रिपाठीले कराँतेले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र मानसिक दृढता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले शारीरिक क्षमता मात्र नभइ चारित्रिक विकासमा पनि कराँतेको ठूलो योगदान रहेको बताउनुभयो ।

    खेलकुद केवल प्रतिष्पर्धा जित्ने माध्यम नभइ अनुशासन, आत्मनियन्त्रण, नेतृत्व क्षमता र सहकार्य सिकाउने जीवन पद्दति हो, उहाँले भन्नुभयो–‘कराँते जस्ता मार्सल आट्र्सले आत्मरक्षा मात्र होइन, आत्मविश्वास निर्माण, मानसिक एकाग्रता र जीवनमा सधैं अघि बढ्न प्रेरणा दिने गरेको छ ।’ उहाँले प्रशिक्षक कृष्णम बरनवालको मेहनत, लगनशीलता र दूरदृष्टिको प्रशंसा गर्नुभयो ।

    त्यस्तै विशिष्ट अतिथि रुपन्देही फुल कन्ट्याक्ट संघका अध्यक्षका सुरज ढकालले कराँतेमार्फत विद्यार्थीहरूमा आत्मनियन्त्रण, सकारात्मक सोच र सामाजिक जिम्मेवारीको भावना विकास हुने बताउनुभयो । यसले विद्यार्थीलाई जीवनका हरेक क्षेत्रमा सक्षम र अनुशासित बनाउने उहाँले बताउनुभयो ।

    उक्त अवसरमा डोजोका संस्थापक तथा प्रशिक्षक कृष्णम बरनवालले संस्थाको नाम आफ्नी दिदी तेजस्विनी बरनवालको सम्मानमा ‘तेजस’ राखिएको जानकारी दिनुभयो । कराँतेमार्फत प्रशिक्षार्थीलाई आत्मरक्षा, अनुशासन, संस्कार र आत्मविश्वास सिकाउने उद्देश्य रहेको उहाँले बताउनुभयो । बरनवालले नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि ५० प्रतिशत छुट र निःशुल्क ट्रायल क्लास उपलब्ध गराउने जानकारी दिनुभयो ।

    सोनाली गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ता, नेपाल वैश्य युवा संघ, रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दु, विशाल श्रीवास्तव, आकाश गुप्ता, तेजस्विनी बरनवाल, अभिषेक बरनवाल, आचल रौनियार, कन्चन रौनियार, बन्धना रौनियारलगायतको उपस्थिति थियो।

    कार्यक्रममा तेजस बज्र कराँते फाइटर्सका खेलाडी कृष्ण धरिकार (ब्लु बेल्ट) लाई पुस–२०८२ को ‘सर्वोत्कृष्ट खेलाडी’ को सम्मान गरिएको थियो । महिनाभरी उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षण र प्रतियोगितामा आफ्नो प्रतिभा र लगनशीलता प्रस्तुत गरेको भन्दै धरिकारलाई सम्मान गरिएको हो ।