२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

तिलोत्तमाको एक्स्ट्राटेकमा वडास्तरीय टी–२० नकआउट क्रिकेट हुने

शनिवार , माघ ३, २०८२

  • 169
    Shares
  • 169
    Shares
  • तिलोत्तमा, ३ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तर वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । 

    तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल इन्टरनेशनल क्रिकेट स्टेडियममा सञ्चालन हुनेछ । 

    पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एम्पायर रामचन्द्र पाण्डेले यस्ता प्रतियोगिताले स्थानीयस्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग गर्ने बताउनुभयो । 

    खेल संयोजक अर्जुन यादवले प्रतियोगिता व्यवस्थित, अनुशासित र पारदर्शी रुपमा भव्य तथा सभ्य रुपमा सम्पन्न गर्ने बताउनुभयो । स्थानीय खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरको मैदानमा खेलाई उनीहरुलाई क्रिकेटमा अझै दक्ष बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान गराउने र देशकै नाम उच्च राख्न मद्दत गर्ने उहाँले बताउनुभयो ।

    प्रतियोगिता यही माघ ५ गतेदेखि सुरु हुने तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो । प्रतियोगितामा १७ वडाका १७ वटा टीमले सहभागीता जनाउनेछन् ।

    प्रतियोगिताको विजेता टीमले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन युवराज रिमालले गर्नुभएको थियो ।