शनिवार , माघ ३, २०८२
भैरहवा, ३ माघ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल पाल्पाबाट उम्मेदवार बन्नुहुने भएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पाल्पा–२ जाने निर्णय भएको हो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पौडेल पाल्पा–२ बाट यसपटक उम्मेदवार बन्नुहुनेछ ।
रुपन्देही क्षेत्र नम्बर २ बाट लगातार चारपटक निर्वाचित पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा क्षेत्र परिवर्तन गरी उम्मेदवारी दिन लाग्नुभएको हो । यसपटक उहाँको नाम त्यही क्षेत्रबाट एकल सिफारिस भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij