२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

रुपन्देही–३ मा एमालेले बासुदेव घिमिरेलाई बनायो उम्मेदवार

शनिवार , माघ ३, २०८२

  • 418
    Shares
  • 418
    Shares
  • भैरहवा, ३ माघ । नेकपा (एमाले) का नेता बासुदेव घिमिरे रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्नु हुने भएको छ । २०७९ सालमा रुपन्देही–५ बाट निर्वाचित घिमिरे यसपटक रुपन्देही–३ बाट प्रतिष्पर्धा गर्न लाग्नुभएको हो ।

    तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहनुभएका घिमिरेलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो । उहाँ पार्टीको पूर्व लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा भने उहाँ पराजित हुनुभएको थियो । केही साता अघि घिमिरेले एमाले परित्याग गर्ने घोषणा गरे पनि पछि पार्टीमा फर्किनुभएको थियो ।

    २०७९ सालको निर्वाचनमा रुपन्देही–३ मा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बोहराले नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो ।