बिहिवार , माघ १, २०८२
काठमाडौं, १ माघ । जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताउनुभएको छ ।
बिहीवार माईतीघरमा प्रदर्शनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गर्नुभयो ।
उहाँले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताउनु भयो । अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गर्नुभयो । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ ।
व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरुले के भन्नुहुन्छ भने संविधान मान्य छैन भन्नुहुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृट छ भन्नुहुन्छ ।
शब्द उहाँहरुको फेरिएको छ । तर हाम्रो शब्द पहिलाकै हो । यत्रो विद्रोहबाट हामीले अर्थहिन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ ? हाम्रो देशको स्थितिमा । निकास पाउन गाह्रो छ ।’
उहाँले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij