२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

बुटवलबाट १३ लाखको अवैध सामान बरामद

मंगलवार , पौष २९, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २९ पुस । रुपन्देहीको बुटवलबाट प्रहरीले अन्दाजी १३ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । पुस २६ गते वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–९ स्थित ईट्टाभट्टीबाट सामान बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार प्रहरी टोलीले सडकको किनारामा बेवारिसे अवस्थामा रहेको भारतबाट अवैधरुपमा भन्सार छली, चोरी निकासी गरिएको सामान नियन्त्रणमा लिएको हो ।
    भारतीय युपी ५६ एन ६९२५ नम्बरको मोटरसाईकलमा ४ कार्टुन (४ हजार पिस) विभिन्न मोबाईलमा प्रयोग हुने मोबाईलको प्राईभेसी ग्लास अन्दाजी मूल्य १२ लाख र मोटरसाइकलको अन्दाजी मूल्य १ लाख गरी १३ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको (डीएसपी) कार्कीले जानकारी दिनुभयो ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।