शुक्रवार , पौष २५, २०८२
बुटवल । आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सकिएको छ । अधिवेशनले थानेश्वर न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
बुटवलमा सम्पन्न अधिवेशनले न्यौपानेलाई पुन एक कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी र सह–सचिवमा लिलाराम भुसाल निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएपछि न्यौपानेले दुध तथा दुधजन्य पदार्थको गुणस्तर प्रबद्धन र बिबिधिकरणमा बिशेष जोड दिने बताउनु भयो । अध्यक्ष न्यौपाने ग्लोबल डेरीका सञ्चालक हुनुहुन्छ ।
कार्यक्रमको उद्घाटन गर्दै एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले नेपालको आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि दुधका परिकारलाई ब्राण्डिङ गर्दै बिदेश निर्यातमा बिशेष जोड दिनुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij