२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको सपथ

बिहिवार , पौष २४, २०८२

  • 910
    Shares
  • 910
    Shares
  • बुटवल, २४ पुस । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले सपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथग्रहण गर्नुभएको छ । 

    त्यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नव नियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथग्रहण गर्नुभएको हो ।

    नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोहीव्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथग्रहण गर्नुभएको हो ।

    त्यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनियताको सपथग्रहण गर्ने प्रावधान छ । सोहीअनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुनुहुन्छ ।