२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

मुठभेडको अवस्था सिर्जना गर्न खोजेको कांग्रेस महाधिवेशन पक्षको आरोप

बिहिवार , पौष २४, २०८२

  • 622
    Shares
  • 622
    Shares
  • काठमाडौं, २४ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफुहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

    बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन काँग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

    विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

    पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कव्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफुहरुबाट नहुने बताउनुभयो । उहाले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गर्नुभयो ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गर्नुभएको अवस्थामा पुष २७ र २७ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उहाले बताउनुभयो । 

    पुष २७ र २७ गते विशेष महाधिवेशन आयोजना गर्न सो पक्षले काठमाडौंको भृकुटिमण्डपमा समेत तयारी गरेको छ । भृकुटिमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ ।

    गृहमन्त्री अर्यालले संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वको लागि निर्वाचन अनिवार्य भएको समेत धारणा राख्नुभयो । विधिको शासन मिचेर गरेको स्टन्ट सुशासन नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले  सुशासनको बहाली गर्नको लागि विधिको शासन अपरिहार्य रहेको बताउनुभयो । 

    उहाले निर्वाचित सरकारलाई जिम्मेवारी हस्ताान्तरण गरेपछि वर्तमान संवैधानिक व्यवस्था अनुसार मुलुकको राजनीतिक परिस्थीति सामान्यकरण हुदै जाने बताउनुभयो । निर्वाचनको पूर्वाधार, सुरक्षा लगाएत सम्पूर्ण तयारी भइसकेको उहाले बताउनुभयो ।