२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

एमालेले तोक्यो लुम्बिनीका १२ जिल्लामा इन्चार्ज, रुपन्देहीमा भट्टराई

बिहिवार , पौष २४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ११ औं महाधिवेशनपछि लुम्बिनी प्रदेश र प्रदेशका १२ जिल्लामा इन्चार्ज तोकेको छ । लुम्बिनी प्रदेश इन्चार्जमा यसअघि पनि पार्टीको सचिव पद्मा अर्याल हुनुहुन्थ्यो । अहिले पनि उहाँले जिम्मेवारी पाउनुभएको छ ।

    एमाले रुपन्देहीको इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य खिमलाल भट्टराई पाउनुभएको छ । उहाँले राष्ट्रिय सभाका पूर्व सदस्य समेत हुनुहुन्छ । नेता भट्टराई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ५ बाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ । 

    त्यस्तै प्यूठानको इन्चार्जमा सूर्य थापा, दाङमा नरुलाल चौधरी, बाँकेमा शान्तिदेवी ढकाल, नवलपरासीमा सरिता भुसाल (खनाल), कपिलवस्तुमा बलराम अधिकारी, अर्घाखाँचीमा बोमबहादुर विश्वकर्मा, गुल्मीमा जंगबहादुर नेपाली, रुकुमपूर्वमा खेममान खड्का, रोल्पामा गोकुल घर्ती, बर्दियामा खडकबहादुर खडका र पाल्पामा ठाकुर गैरेलाई तोकिएको छ ।