२०८३, भाद्र २१ गते

Sep 06 2026 | २०८३, भाद्र २१ गते

तिलोत्तमा–६ मा सिलाईकटाई तालिम सुरु

शनिवार , पौष १९, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • तिलोत्तमा, १९ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ वडा कार्यालयको आयोजनामा ६५ दिने (३९० घण्टे) निःशुल्क सिलाईकटाई तालिम शुक्रबारदेखि सुरु भएको छ । तालिमको वडाअध्यक्ष गणेश पाठकले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

    उद्घाटन समारोहमा वडाअध्यक्ष पाठकले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । उहाँले व्यवसायिक रुपमा तालिमको उपयोग गर्दै महिलाहरू आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । 

    वडा सदस्य सीता खनालको स्वागतमा सुरु सो कार्यक्रममा महिला नेतृत्व मंचकी बाला घिमिरे, आदिवासी जनजाती महासंघ तिलोत्तमाका अध्यक्ष छत्र बहादुर दर्लामी, कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रमुख नविन किशोर गैरे, वरिष्ठ प्रशिक्षक टामलाल खनाल, तालिम संयोजक ध्रुव भुसाल लगायतले मन्तव्य राख्दै तालिमबाट सिकेको सिपले महिलाहरुको जीवनस्तर उकास्न सक्नुपर्ने बताउनुभयो । वडा सचिव कृष्ण बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_9482.JPG

    तिलोत्तमा–६ का स्थानीय महिलाहरुको सहभागीतामा सञ्चालन हुने तालिम आदिबासी जनजाती महासंघ तिलोत्तमाको हलमा सञ्चालन हुनेछ । 

    प्रशिक्षक मोती पुन र रिम्पत एसकेले प्रशिक्षण गराउने सो तालिममा वडा नम्बर ६ का विभिन्न टोलका गरी २४ जनाको प्रशिक्षार्थीहरुको सहभागीता छ । यसअघि पनि वडा नम्बर ६ ले महिलाहरुका विभिन्न तालिम तथा सीप सिकाउँदै आएको छ ।