शुक्रवार , पौष १८, २०८२
भैरहवा, १८ पुस । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), रुपन्देहीका वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरीले पार्टी परित्याग गर्नुभएको छ । उहाँले पुस १७ गते बिहीबारदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य समेत नहुने गरी राजीनामा दिएको जानकारी दिनभयो ।
अब केही समय स्वतन्त्र रुपमा राजनीति गर्ने र पछि उपयुक्त निर्णय दिने उहाँले जानकारी दिनुभयो । ‘विगत लामो समयदेखि पार्टीमा आबद्ध भइ काम गरे । तर, पार्टी आफ्नो स्वार्थअनकुल चलाइयो, नेता–कार्यकर्तासँग सर–सरसल्लाह लिइएन, त्यसकारण यो पार्टी परित्याग गरेको हुँ, ’उहाँले भन्नुभयो ।
तिलोत्तमा नगरपालिका निवासी कोइरी २०७९ सालमा सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ (२) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । उक्त निर्वाचनमा ५ हजार १ सय २९ मत प्राप्त गरी उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । कोइरी नाउपाको केन्द्रीय सदस्य समेत रहनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij